५६ युनिट रगत संकलन

पाेखरा | माघ १४, २०८०

५६ युनिट रगत संकलन

पोखरा:    माझठाना पोखरा सम्पर्क समाजको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ५६ युनिट रगत संकलन भएको छ । अमर सिहचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा  सो रगत संकलन भएको हो ।  


नेपाल रेडक्रस सोसाईटी रामघाटको प्राविधिक सयोगमा भएको कार्यक्रमको समाजका सल्लाहकार प्रा.डा. निर्मल लामिछाने र पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।


रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागि रक्तदातालाई समाजका सल्लाहकार, पदाधिकारी लगायत समाजिक एवम् शिक्षापे्रमीहरुबाट प्रमाणपत्र वितरण गरिएको थियो ।


 माझठानालाई जन्मभूमि भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको सो संस्थाले आप्mना सदस्यहरुको हक अधिकारको सुरक्षित गर्दै सामाजिक, शैक्षिक एवम् स्वास्थ्य लगायतका क्षेत्र काम गर्दै आएको समाजका अध्यक्ष भोला ओझाले जानकारी दिनुभयो ।
  
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्